कुनै विदेशी प्रभुसामु झुक्दैनौँ : रिजाल
![कुनै विदेशी प्रभुसामु झुक्दैनौँ : रिजाल](https://npcdn.ratopati.com/media/news/bb_yUsgiFB7Ue.jpg)
जुम्ला । नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण एमालेलाई घेराबन्दीमा पारिएको बताएका छन् ।
‘संविधान बनाउँदा, नाकाबन्दीको सामना गर्दा, नक्सा जारी गर्दा र चीनसँग पारवहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ । तर, जति गरेपनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ’ रिजालको भनाइ छ ।
नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाई मंगलबार सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिए ।
‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ । एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ’, उनले भने, ‘तर, हामीलाई अप्राकृतिक रुपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ । जनताको बलमा त्यसलाई परास्त गर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालद्वारा भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय
-
अरिजित सिंहको स्कुटरमा रमाए बेलायती पप गायक शीरन
-
ट्रम्पले गरे विदेशी भ्रष्टाचार अभ्यास ऐन खारेज
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ