पाकिस्तानी बलर जसले आईपीएलमा मच्चाएका थिए तबाही
नयाँ दिल्ली । पाकिस्तानी बलर सोहेल तनवीरको उनको अनौठो बलिङ एक्सनका लागि चिनिन्छन् । सोमबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय सोहेलले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।
तनवीरले पाकिस्तानको राष्ट्रिय टोलीका लागि ६२ एकदिवसीय खेल खेल्दै ७१ विकेट लिएका छन् । त्यस्तै, ५७ टी–२० मा उनले ५४ विकेट लिएका छन् । मात्र २ टेस्ट खेलेका उनले ५ विकेट लिए ।
तनवीरले आफ्नो करियरमा निकै सम्झनलायक प्रदर्शनहरु गरेका छन् । जसमध्ये ईन्डियन प्रिमियर लिगको पहिलो सिजनको दमदार रेकर्ड पनि सामेल छ । पाकिस्तानी खेलाडीहरूले आईपीएलको पहिलो सिजनमा भाग लिएका थिए । त्यसपछि भने उनीहरूले कहिले पनि आईपीएल खेल्न पाएनन् ।
२००८ मा तनवीरले राजस्थान रोयल्सबाट खेलेका थिए । पहिलो सिजनमा नै उनले ११ खेलमा २२ विकेट हासिल गरेका थिए । चेन्नई सुपरकिंग्स विरुद्धको फाइनलमा १४ रन खर्चेर ६ विकेट लिनु उनको सर्वोत्कृष्ट प्रदर्शन रहेको थियो ।
आईपीलमा यो कुनै पनि बलरले गरेको उत्कृष्ट प्रदर्शन थियो । उनको यो कीर्तिमान ११ वर्षसम्म अन्य कुनै बलरले तोड्न सकेनन् । पहिलो सिजनमा सर्वाधिक विकेट लिँदै उनले पर्पल क्याप जितेका थिए भने टोलीले आईपीएलको उपाधि पनि हात पारेको थियो ।
सन् २०१९ मा मुम्बई इन्डियन्सका अल्जारी जोसेफले हैदराबाद विरुद्ध १२ रन खर्चेर ६ विकेट लिँदै तनवीरको कीर्तिमान भंग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने