कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
मङ्गलबार, २३ फागुन २०७९, १३ : ५३

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
-
सकियो एसईई, सम्झना र मायाको चिनो स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश (तस्बिरहरू)
-
राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
-
संसद् अवराेध खुलाउनेबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा
-
सिटिटेकको गेटपे प्लेटफर्म माछापुच्छ्रे बैंकमा