सुटिङमा घाइते भएका अमिताभ बच्चनको स्वास्थ्य कस्तो छ ?
मङ्गलबार, २३ फागुन २०७९, १३ : ३१
फिल्मको सुटिङमा घाइते भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यबारे धेरैले चासो व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्यबारे पछिल्लो जानकारी दिएका छन् । मङ्गलवार आफ्नो ट्वीटर अकाउन्टमा उनले आफू आराम गरिरहेको बताउँदै दर्शकको प्रार्थनाले स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।
उनले आफ्ना प्रशंसक र शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मको सुटिङका बेला एक एक्सन सिनको सुटिङ गर्ने बेला उनी घाइते भएका थिए । त्यसपछि उनी मुम्बई फर्किएका छन् ।
चोट उनको करङमा लागेको थियो जसका कारण उनलाई सास फेर्न र हिँड्न–डुल्न समस्या भइरहेको थियो ।
T 4575 - gratitude and love ever .. for your concern and wishes
— Amitabh Bachchan (@SrBachchan) March 7, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना