फिल्म सुटिङमा अमिताभ बच्चन घाइते
मङ्गलबार, २३ फागुन २०७९, ११ : ५७

मुम्बई । अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङको क्रममा उनी घाइते भएका हुन् । जसको जानकारी उनले आफ्नो ब्लग मार्फत दिएका छन् ।
उनले लेखेका छन् ‘करङको मांसपेशी च्यातिएको छ । सुटिङ रोकिएको छ । आवतजावत गर्न कठिन छ । धेरै दुख्छ । श्वासप्रश्वासमा पनि समस्या छ । केही औषधि दिइएको छ । निको हुन केही समय लाग्छ ।’
आफू जलसामा आराम गरिरहेको बताएका बच्चनले अहिलेको अवस्थामा फ्यान भेट्न नसक्ने भन्दै फ्यानलाई जलसामा भेट्न नआउन अनुरोध समेत गरेका छन् ।
‘प्रोजेक्ट के’ का निर्देशक प्रशान्त नील हुन् । ‘प्रोजेक्ट के’ मा अमिताभको अलावा प्रभास, दीपिका पादुकोण र दीसा पटानी मुख्य भूमिकामा छन् ।