मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा होली पर्वको शुभकामना
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना दिएका छन् । मुख्यमन्त्री यादवले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै होलीको शुभकामना दिएका हुन् ।
उनले समुदायबीच सद्भाव र मेलमिलाप बढाउने यस्ता पर्वहरूले समुदायहरूलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्न पनि अभिप्रेरित गर्ने गरेको बताएका छन् । असत्यमाथि सत्यको विजयको रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गिन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् कामनासमेत मुख्यमन्त्री यादवले गरेका छन् ।
मुख्यमन्त्री यादवद्वारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘कुमतिको होलीका दहन होस र यहाँहरूको जीवन रसरंगमय, प्रेममय होस र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रही रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि