युरोपमा रहेका नेपालीले महिला अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै

काठमाडौँ । युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीले आ–आफ्ना विचार राख्ने छन् ।
प्रवासी नेपाली मञ्च अस्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाका अनुसार कार्यक्रममा पूर्वमन्त्री, सांसद, काठमाडौँ महानगरपालिकाकी उपमेयरलगायत गैरआवासीय नेपालीहरूको सहभागिता रहने छ ।
कार्यक्रममा समृद्ध नेपाल निर्माणको लागी महिला सहभागिता, राज्यको दायित्व विषयमा निवर्तमान मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना विचार राख्ने भएकी छन् ।
यस्तै कार्यक्रममा सांसद सोबिता गौतमले महिलाको लागि नयाँ राजनीतिक यात्रा– कति सहज, कति जटिल विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी सदस्य लिली थापाले विगतदेखि वर्तमान– महिला आन्दोलनलाई फर्केर हेर्दा विषयमा आफ्नो प्रस्तुति दिने मञ्चले जनाएको छ ।
राजनीतिमा महिला – एक सिंहावलोकन विषयमा पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य कोमल वलीले आफ्ना भनाई राख्ने भएकी छन् ।
कार्यक्रममा पुरुषको नजरमा– प्रवासी जीवन, सामाजिक अभियानमा महिला सहभागिता विषयमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले आफ्ना भनाई राख्ने भएका छन् । यस्तै काठमाडौँ महानगरपालिकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरण – युवाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्ने भएकी छन् ।
हरेक वर्ष मार्च ८ का दिन महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि र कठिनाइहरूको सापेक्षतालाई मनाउन, विश्वका विभिन्न क्षेत्रहरूमा नारीप्रति सम्मान, प्रशंसा र प्रेम व्यक्त गर्ने उत्सवको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।
यो महिलाको राजनीतिक र सामाजिक उत्थानका लागि संयुक्त राष्ट्र संघले छनोट गरेको राजनीतिक र मानवअधिकार विषयका साथ मनाइन्छ । यो दिवस पहिलो पटक सन् १९०९ मा न्यूयोर्क शहरमा समाजवादी राजनीतिक कार्यक्रमको रूपमा मनाइएका थियो ।
नेपाल सरकारलगायत विश्वका अन्य देशहरुले समेत अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आएका छन् । विदेशमा रहेका राजनीतिक दललगायत गैरआवासीय नेपाली संघले समेत बिभिन्न कार्यक्रमको आयोजना गर्दै सो दिवश मनाउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी