आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, २३ फागुन २०७९, १० : ५२
![आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?](https://rpcdn.ratopati.com/media/albums/gold_B9N3ARO4up.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।
महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।
साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ