छिमेकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मङ्गलबार, २३ फागुन २०७९, ०९ : ४४
काठमाडौं । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । छिमेक लघुवित्तको चैत १० गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले कुल २५.२६ प्रतिश लाभांश वितरण गर्नेछ ।
लघुवित्तले आर्थिक वर्ष २०७८/ ७९ को नाफाबाट बोनस सेयर २२ प्रतिशत र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने छ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने कम्पनीले जनाएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ।
फागुन २४ गते नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट