नेयमारले बाँकी सिजन गुमाउने
मङ्गलबार, २३ फागुन २०७९, ०६ : १९

पेरिस । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । ब्राजिलका फरवार्ड गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा घाइते भएका थिए ।
क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने पनि क्लबले जानकारी दिएको छ ।
नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो । यसैका कारण उनले सन् २०२२ को विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमा घाइते भएपछि दुई खेल गुमाएका थिए । सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले सन् २०२१ मा धेरै खेल गुमाउनु परेको थियो । नेयमारले यो सिजन लिग वानमा १ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध