शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता

सोमबार, २२ फागुन २०७९, २२ : ३८
सोमबार, २२ फागुन २०७९

जाकर्ता । इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले रिउ टापुका स्थानीय अधिकारीहरूको पछिल्लो जानकारीअनुसार ‘११ मृत शरीर भेटिएको र अन्य ५० जना हराइरहेको बताए ।  उक्त संस्थाले उपलब्ध गराएको तस्वीरमा बोर्नियो र मलेसियाको मुख्य भूमिको बीचमा पर्ने सेरासान टापुको भिरको किनारानजिक रहेका घरहरू पहिरोबाट खसेको माटो र भग्नावशेषले पूर्ण रूपमा पुरिएका छन् ।

 रिउ टापुको विपद् व्यवस्थापन निकायका प्रवक्ता जुनाइनाहले प्रभावित क्षेत्रमा सञ्चार सञ्जाल काटिएको र पछिल्लो जानकारी प्राप्त गर्न कठिन भएको बताए । “मौसम अप्रत्याशित छ । हावा तीव्र छ र व्यापक बाढी आएको छ,” उनले बताए । मुहारीका अनुसार टाढा टापुसम्म पुग्न पनि उद्धार अधिकारीलाई कठिन हुनेछ । “सामान्यतया तीव्र गतिको डुङ्गाबाट पहिरो प्रभावित क्षेत्रमा पुग्न पाँच घण्टा लाग्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप