डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
सोमबार, २२ फागुन २०७९, १८ : १५

डोटी । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।
प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला
-
लुम्बिनी सरकारले दुई नयाँ सचिवको जिम्मेवारी तोक्यो
-
रेशम चौधरीबारे फैसला कार्यान्वयनको पत्र, ‘कैदमा राख्नु सिधा खर्च दिनु’
-
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
-
पसलमा नक्कली नोट दिँदा प्रहरीको फन्दामा
-
सोती घटनामा संलग्नलाई सफाइ दिने न्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)