जनकपुरधाम आइपुग्यो माध्यमिकी परिक्रमा, भोलि अन्तगृह परिक्रमा (फोटोफिचर)

जनकपुरधाम । मिथिलाको १५ दिने प्रशिद्ध मध्यमिकी परिक्रमा आज (सोमबार) जनकपुरधाम आइपुगेको छ ।
फागुन ८ गतेदेखि विधिवत रुपमा सुरु भएको परिक्रमा सोमबार जनकपुरधाम आइपुगेको हो । परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले सोमबार राति जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहान पूजापाठ गरी अन्तगृह परिक्रमा गरेपछि परिक्रमा विधिवतरुपमा सम्पन्न हुनेछ ।
अन्तगृह परिक्रमामा जनकपुरधामको परिक्रमा गरिन्छ, जसलाई पञ्चकोसी परिक्रमा पनि भनिन्छ । अन्तगृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरुले समेत भाग लिने गर्दछन् । परिक्रमा सम्पन्न भएपछि होली मनाउने चलन छ ।
मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धि गरी तीन प्रकारको परिक्रमा हुन्छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफ्नै विशेषता छ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा सुरुवात हुने परम्परा छ ।
प्राचीन समयमा सियालालजी शरण नाम गरेका सन्तले मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ परिक्रमा सुरुवात गरेका थिए ।
नेपाल र भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर पैदलयात्रा तय गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ
-
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
-
कस्तुपको प्रेमपीडा गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक
-
समाजवादी मोर्चाद्वारा बृहत् जनप्रदर्शनको तयारी, के-के छन् नारा ?
-
विदेशबाट आउने सामानको जाँचपासमा कडाइ, विमानस्थल भन्सारमा २ सय मेट्रिक टन सामान अड्कियो
-
किसान आयोगप्रति किसानको गुनासो