बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

काराकस । भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनको १० औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्स र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुगेका छन् ।
डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी छन् ।
उनले चाभेजको बारेमा बोल्दै भने,“महान् मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासत मध्ये एक रहेका छन् । आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैंक अफ द साउथ महत्त्वपूर्ण छन् ।”
यसैबीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरूविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गरे ।
सन् २०१३ मार्च ५ मा निधन भएका चाभेजको सम्झनामा हजारौं भेनेजुएलावासीहरूले आइतबार घर बाहिर निस्किएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । (रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता