पाकिस्तानमा सडक दुर्घटना, ७ जनाको मृत्यु
सोमबार, २२ फागुन २०७९, १४ : ५८

इस्लामावाद । पाकिस्तानमा गएको २४ घन्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् । यहाँ भएका दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको झोब जिल्लामा आइतबार साँझ सडकमा गुडिरहेका बस एक आपसमा ठोकिएर भएको दुर्घटनामा परेर चार जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।
त्यसैगरी पाकिस्तानको उत्तरी चिलास नगरमा शनिबार राति भएको अर्को दुर्घटनामा परेर तीन जनाको ज्यान गएको र २० जनाभन्दा बढी यात्रु घाइते भएका थिए । सो स्थानमा बस खोँचमा खसेको थियो । त्यसमा रहेका २० जना भन्दा बढी यात्रु घाइते भएका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
-
पञ्चेश्वर आयोजना तत्काल अघि बढ्ने सम्भावना कम छ
-
बागमती सरकारले अघि सार्यो २३ बहुवर्षे आयोजना
-
पशुपति क्षेत्रमा बढ्यो साधुसन्तको चहलपहल (तस्बिरहरू)
-
‘पञ्चेश्वरमा ९ महिनाभित्रै डीपीआरमा सहमति हुने गरी काम भइरहेको छ’
-
काभ्रेमा बस दुर्घटना, १७ जना घाइते