काठमाडौँ । आज सबैतिर रमझमाका साथ होली पर्व मनाइँदैछ । पहाड र हिमाली जिल्लाहरुमा आज होली मनाइएको छ भने तराई मधेसमा मंगलबारहोली पर्व मनाइँदैछ । होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजितजस्तो देखिन्छ ।
होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो । सोमबार काठमाडौं उपत्यकामा मनाइएको होलीका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । तस्बिर : कृष्ण खड्का/रोशन पोखरेल
प्रतिक्रिया