रुपन्देहीमा ६२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान

बुटवल । नेकपा (माओवादी केन्द्र) रुपन्देहीले ६२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ। सहिद सप्ताहको अन्तिम दिन आइतबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठान भवनमा सम्मान कार्यक्रम आयोजना गरि पार्टीले तत्कालीन जनयुद्ध र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो।
सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै माओवादी नेता हकिकुल्लाह खाले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए। सहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै नेता खाले जनयुद्धमा सहादत गर्ने र वेपत्ता भएका योद्धालाई सहिद घोषणा गर्नुपर्ने माग गरे। त्यसैगरी कार्यक्रममा बोल्दै अर्का माओवादी नेता वामदेव क्षेत्रीले सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत सहिद तथा वेपत्ता परिवारलाई उच्च महत्व दिईने धारणा व्यक्त गरे।
सो अवसरमा माओवादी नेताहरू मक्सुद अलि, गोविन्द केसी, यज्ञ पोखरेल, सुजित विक, दिप विक, टिका वली, पुष्पराज ढकाल क्षितिज लगायतको उपस्थित रहेको थियो । जिल्ला पार्टी संयोजक निर्मल जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी नेता रिज्जु श्रेष्ठको स्वागत तथा तिर बहादुर रोका डार्विनको संचालन रहेको थियो।
फाल्गुन १४ देखि सुरू भएको सहिद सप्ताह अवधीभर सहिद तथा वेपत्ता परिवारको घरघरमा पुगेको माओवादीले सहिद तथा वेपत्ता योद्धा र उनीहरूको परिवारको तथ्यांक संकलन गरेको र सोहि तथ्यांकका आधारमा आगामी रणनीति तय गरेर सहिद तथा वेपत्ता परिवारका सदस्यलाई पार्टी संगठनमा जिम्मेवारी प्रदान गर्ने लगायतका कार्य गरिने पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए। सहिद सप्ताह समापनको अवसरमा आइतबार नै माओवादी जिल्ला पार्टीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको र ३९ युनिट रगत संकलन गरिएको पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा