मैदान प्रवेश गरेको ४० सेकेन्डमा नै रातो कार्ड
सोमबार, २२ फागुन २०७९, ११ : ५७
रोम । मोइस किनले मैदानमा प्रवेश गरेको ४० सेकेन्डमा नै रातो कार्ड पाउँदा युभेन्टस रोमासँग पराजित भएको छ । किनलाई खेलको अन्तिम मिनेटमा मैदानमा पठाइएको थियो । तर, मैदान प्रवेश गर्ने बित्तिकै रोमाका जियान लुका मानचिनीलाई हिर्काएपछि उनले सिधै रातो कार्ड प्राप्त गरेका थिए ।
रोमाका डिफेन्डरले त्यसअघि टोलीका लागि गोलसमेत गरेका थिए । त्यही नै गोल खेलमा निर्णायक बन्यो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । युभेन्टस भने लिगको आठौँ स्थानमा खस्किएको छ । आइतबार नै भएको अन्य खेलमा इन्टर मिलानले लिसलाई २–० ले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध