निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएका औषधि वितरण

बुटवल । गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण भएको पाइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा शनिबार वितरण गरिएको औषधि म्याद गुज्रिएको पाइएको हो ।
बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला थापालाई ‘एमिजोय १०’ नामक औषधि दिइएको थियो । उक्त औषधिको प्रयोग अवधि गुज्रिएको पाइएको हो ।
अगस्ट २०२१ मा उत्पादन मिति रहेको उक्त औषधिको म्याद जनवरी २०२३ सम्म रहे पनि शिविरमा अहिले वितरण भएको हो । चौराहा अस्पतालका निर्देशक विरु भण्डारीले आफूहरूले चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीको टोली निःशुल्क स्वास्थ्य शिविरमा पठाएको बताए । केही औषधि सौजन्य रूपमा विभिन्न फार्मेसी तथा कम्पनीबाट लैजाने गरिएको भन्दै उनले म्याद गुज्रिएको औषधि कसरी प¥यो भन्नेबारे आफूले बुझ्ने बताए ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शिविरमा म्याद गुज्रिएको औषधि वितरण गर्नु गलत भएको बताए । उक्त विषयमा छानबिन गर्न नगरपालिकालाई आफूले निर्देशन दिएको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल