शिकारीको पासोमा मर्छन् छाडा चौपाया

रुपन्देही । यस क्षेत्रका सामुदायिक वनमा बन्यजन्तुलाई मार्न थापिएका पासोमा परी गाईबस्तु मर्ने क्रम बढेको छ । जंगली जनावरको शिकार गर्न थापिएका विद्युतिय धराममा परेर धेरै छाडाचौपाया मर्ने गरेका छन् ।
तिलोत्तमा नगरपालिकाको करहिया सामुदायिक बन क्षेत्रभित्र विद्युतिय धरापमा परेर मृत्यु भएका दर्जनौ गाईका हाडखोर र शवहरु भेटिने गरेका छन् ।
दुई रुखका बीचमा मसिना तारहरु राखेर बन्यजन्तु मार्ने पासोहरु बनभरि छन् । यसैमा परेर मरेका गाईहरु सडेका छन् तर यसबारे सरोकारवालाहरु मौन छन् ।
तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समुहको फोहोर प्रशोधन तथा ज्ञान केन्द्रको सेरोफेरोमा मरेका गाईबाट दुर्गन्ध फैलिएको छ । खानाको खोजीमा हिडेका छाडाचौपाया वन क्षेत्रमा बदेल मार्न प्रयोग भएको विद्युतीय धरापमा परेर मर्ने गरेको स्थानीय युवा आतिस चौधरी बताउँछन् ।
फोहोर प्रशोधन तथा ज्ञान केन्द्र वरपरको चारैतिर गाईहरु मर्दा समेत कुनै निकायहरु चासो नलिएको उनले दुखेसो गरे । उनले भने, ‘वन क्षेत्रभरि सिनो मात्र छ, वन पैदावार र वन्यजन्तुको संरक्षणको जिम्मेवारी बोकेका सामुदायिक वनभित्र विद्युतीय धराप राख्ने अपराध हो ।’ यस्तो कार्यमा संलग्नको खोजी गरी कारवाही हुनुपर्ने उनी बताउँछन् ।
उक्त सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले गुनासो बढेपछि आफुहरु वन क्षेत्रमा अनुगमन गर्ने तयारीमा रहेको बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालयको समन्वयमा वनमा हेर्न जाने तयारी रहेको उनले बताए । वनमा धेरै बदेंल रहेको र बदेल मार्ने पासो लगाउने क्रममा गाईहरु मरेको हुनसक्ने उनले बताए ।
गौशालाबाहेक वन क्षेत्रमा ४–५ सय बढी गाईहरु रहेको उनको दाबी छ । उनले भने, ‘हामीहरु समेत संवेदशिल भएका छौ, मिलन सामुदायिक वनमा केही समयपहिले बदेंलको धरापमा मानिसको पनि मृत्यु भएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने