युनाइटेडको पोस्टमा लिभरपुरको सात गोल, शालाहको कीर्तिमान

एनफिल्ड । लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ७–० गोलको अन्तरसहित शानदार जीत हासिल गरेको हो ।
लिभरपुलको जीतमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद शालाहले दुई–दुई गोल गरे भने एक गोल रोबर्टो फर्मिन्होले गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने लिभरपुलले युनाइटेडमाथि गोल वर्षा गरेको थियो ।
नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने ६६ औँ मिनेटमा शालाहले अर्को गोल थपे । त्यसपछि दुई खेलाडीले पालोपालो एक–एक गोल गरे । खेलको अन्त्यतिर फर्मिन्होले अर्को गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । युनाइटेडमाथि लिभरपुलको यो सबैभन्दा ठूलो जीत हो ।
खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरेका हुन् । जीतसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिभरपुलको २५ खेलबाट ४२ अंक छ । युनाइटेड ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?