राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : लिङ्ग वा समुदायबारे फरक मत

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ । नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ ।
राष्ट्रपति पदको निर्वाचनमा दुवै जना पुरुष उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट राष्ट्रपति पदमा पुरुष नै निर्वाचित हुने सुनिश्चित भइसकेको अवस्थामा उपराष्ट्रपति पदको उम्मेदवारबारे विवाद देखिएको छ । संविधानबमोजिम उपराष्ट्रपति पदमा फरक समुदायको पुरुष उम्मेदवार नै भए हुने राजनीतिक दलको बुझाइ छ तर संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला हुनैपर्ने बताउँछन् । उनी भन्छन्, “राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार दुवै जना समुदाय र लिङ्गका हिसाबले पनि फरक–फरक हुन्छन् ।” संविधानमा ‘र’ या ‘वा’ प्रयोग भयो भन्नेमा अलमलिन नहुने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर
-
कोरम नपुगेको भन्दै सिन्धु विकास बैँकको साधारणसभा स्थगित
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने