तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट

काठमाडौँ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।
कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो । लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बिहान ७–८ बजेतिर बजारबाट तरकारीको नमुना सङ्कलन गर्छ र १० बजेतिर विषादी परीक्षणको रिपोर्ट तयार हुन्छ । समितिका अनुसार सामान्यतः कालीमाटी बजारमा तरकारी राति १२ बजेदेखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ७–८ बजेसम्ममा कालीमाटीबाट खुद्रा व्यापारीले त्यो तरकारी लगिसकेका हुन्छन् ।
तरकारी भान्छामा पुर्याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक