बार्सिलोनालाई १० अंकको अग्रता
आइतबार, २१ फागुन २०७९, २३ : ३९

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनालाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे ।राफिन्हाले खेलको १५ औं मिनेटमा गरेको गोलले बार्सिलोनाको जित प्रयाप्त भयो ।
जितसँगै बार्सिलोनाले २३ खेलबाट ६२ अंक जोडेको छ । बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ५२ अंक छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९ औं स्थानमा छ ।