प्रधानमन्त्री प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, हामी सबैको हो : मन्त्री दुलाल
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले देश र जनताका अधिकारको रक्षा नै महत्वपूर्ण विषय भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका दुलालले देश र जनताको अधिकारको रक्षाबाहेक सबै कुरा सहायक हुने बताएका हुन् ।
उनले प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लगाइएको मुद्दा व्यक्तिगत नभइ समग्र भएको बताए । उनले प्रचण्ड माथिको मुद्दा सबैको भएको भन्दै सो बिषयलाई नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ ? भन्ने प्रश्न गरेका छन् ।
‘जनताको अधिकारको रक्षा, देशको रक्षा र समृद्धि बाहेक हाम्रा लागि सबै कुरा सहायक हुन् ।’ उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, समग्र हो । हामी सबैको हो ? के यो बिषयलाई कसैले नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ ?’
यस्तो छ उनको स्टाटस
शान्ति प्रक्रियालाई पूर्णता दिई विकास र समृद्धिको यात्रामा अघि जाने की देशलाई सधैं द्वन्द्वमा धकेल्ने ? नेपालमा दश वर्ष लामो जनयुद्ध, मधेश आन्दोलन र अन्य संघर्ष भएका हुन् र त्यस क्रममा राज्य र विद्रोही दुवै पक्षका कारण धेरै नेपालीको मृत्यू भएको हो ।
जीवन गुमाउने अधिकांश सहिदहरु आफैं स्वेच्छाले राष्ट्रको लागि बलिदान दिन तयार भएरै सहिद भएको हो । जनयुद्धका नायक प्रचण्ड लगायत हामी पनि मुक्ति या मृत्युको सपथ लिएर युद्धमा सहभागी भएका हौं । जनयुद्धको प्रमुखको हैसियतमा अध्यक्ष प्रचण्डले, जनयुद्धका उपलब्धि र कमी कमजोरीका बारेमा सम्बोधन गर्नु जायज र उच्च इमान्दारिता हो ।
जनयुद्ध र जनआन्दोलन, मधेश आन्दोलनका कारण देशमा राजनीतिक परिवर्तन र जनअधिकार प्राप्त भएको हो । जनयुद्ध/जनआन्दोलन/मधेश आन्दोलनमा भएका घटनाका बारेमा सत्य तथ्य एकिन गरी शान्ति प्रक्रिया टुंग्याउन “सत्य निरुपण तथा मेलमिलाप आयोग” स्थापित छ र आयोगले नै यस बिषयको टुंगो लगाउने कानूनी व्यवस्था छ ।
सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, समग्र हो । हामी सबैको हो ? के यो बिषयलाई कसैले नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ !? हो, हामी हिजो युद्धमा मुक्ति या मृत्युको सपथ लिएरै सहभागी भएका हौं ।
जनयुद्धको विकसित अवस्था र देशको आवश्यकताले तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहमति भएर संयुक्त राष्ट्र संघ लगायत अन्तराष्ट्रिय समुदायको सहजिकरणमा जनमुक्ति सेनाको राष्ट्रिय सेनामा समायोजन गरी शान्ति प्रक्रिया अघि बढेको हो ।
हामीले राजनीतिक व्यवस्थामा केही सम्झौता गरेका हौं, सबै उदेश्य छोडेका होईनौं । राष्ट्रका लागि जीवन कुर्वानी गर्न हिजो पनि तयार थियौं, आज पनि छौं र भोली पनि रहिरहने छौं । जनताको अधिकारको रक्षा, देशको रक्षा र समृद्धि बाहेक हाम्रा लागि सबै कुरा सहायक हुन् ।
शान्ति प्रक्रियालाई बिथोल्ने कुनै पनि गतिबधि राष्ट्रको हितमा छैन र ती कुरा हामीलाई सह्य हुने छैन । सत्य बुझ्ने कोशिस गरौं ! अघि बढ्ने हिम्मत गरौं ! राष्ट्रका लागि सोचौं ! सबैमा अभिवादन !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद