रामेछापको गुन्सालमा जन्ती सवार जिप दुर्घटना, १५ जना घाइते
आइतबार, २१ फागुन २०७९, २१ : ४४

काठमाडौँ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका स्थित गुन्सालमा जन्ती बोकेको बोलेरो दुर्घटना भएको छ । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर–५ बाट वडा नम्बर–६ तर्फ जाँदै गरेको बा.८च ७२७३ नम्बरको बोलेरो दुर्घटना भएको रामेछापका डिएसपी होम पराजुलीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् । जिपमा २५ जना यात्रु सवार थिए । दुर्घटनामा परेर दोरम्बा सैलुङ–५ घर भएका बेहुला अनिल श्रेष्ठ र बेहुली सरस्वती श्रेष्ठ पनि घाइते भएका छन् । अरु १५ जना घाइतेलाई प्रहरीले काठमाडौंतर्फ पठाएको छ ।
रजमन्टारबाट जागुतर्फ जाँदै गरेको जिप खैरखोला भित्री कच्ची सडक खण्डमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त