आर्मी र संकटाको खेल बराबरी
आइतबार, २१ फागुन २०७९, १९ : ०३
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत खेल बराबरीमा सकिएको छ ।
आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
गत वर्ष दोस्रो भएर सिजन सकाएको आर्मीले यो सिजन बराबरीबाट सुरु गरेको हो ।
यो बराबरीसँगै आर्मीले पहिलो खेलमा १ अंक जोडेको छ । यता संकटाले पनि १ अंक जोडेको छ ।
आजनै भएको अर्को खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ ।
च्यासल रंगशालामा आइतबार सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
-
तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ