चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत

बेइजिङ । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।
चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ ।
प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमी व्यवसायीलाई उत्प्रेरित गरेका छन् । सन् १९७० पछि पहिलोपटक चीनको आर्थिक वृद्धिदर तीन प्रतिशतमा झरेको हो ।
बैठकमा सरकारी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री लीले आर्थिक पुनरुत्थान र विस्तारलाई प्राथमिकता दिनु बजेटको मुख्य उद्देश्य भएको बताए । उनले स्वतन्त्र उद्यम र व्यवसाय प्रवर्द्धनमा जोड दिए । बाह्य व्यापारमा बढेको चुनौतीको सामना गर्ने सबल अर्थतन्त्र निर्माण लाग्नु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री लीले उपभोक्ता खर्च बढाएर गार्हस्थ्य आम्दानी वृद्धिको आह्वान गरे पनि विस्तृत योजना सार्वजनिक गरेका छैनन् । विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रको सामर्थ्य बढाएर आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिएका छन् ।
अमेरिकासँगको व्यापारमा मन्दी आएका बेला बजेटका लक्ष्य र उद्देश्य हासिल गर्न चीनलाई हम्मेहम्मे पर्ने देखिन्छ । चिनियाँ प्रासेसर चिप्स र अन्य उत्पादनमा अमेरिकाले देखाएको सुरक्षा चासोका साथै विश्वव्यापी माग घट्दा चीनको निर्यात व्यापार कमजोर हुने आर्थिक क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् ।
चीन सरकारले सी चिनफिङको नेतृत्वमा विद्युतीय कार, स्वच्छ ऊर्जा, दूर सञ्चार र अन्य क्षेत्रमा प्रतिस्पर्धी सृजना गर्ने प्रयासले अमेरिका र व्यापारिक साझेदारअन्यसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।
बजारमा आफ्नो नियन्त्रण कायम गर्ने, अनुदान दिएर अन्य लगानीकर्तालाई हतोत्साही पार्ने तथा प्रविधि चोरीजस्तो गम्भीर आरोप पनि चीनमाथि लाग्दै आएको छ ।
आर्थिक, सामाजिक एवम् सांस्कृतिकरूपमा सुदृढ राष्ट्र बनाउन विदेशी लगानी प्रवर्द्धन गर्ने भनिए पनि वास्तवमा बेइजिङले आफ्नै घोषित नीतिको पालना नगरेको आरोप छ । -(रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना