सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी र एकीकृत समाजवादीको निर्णय

कैलाली। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । दुबै दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो।
आजै बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् ।
यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने माओवादीको प्रदेश कमिटीले बताएको थियो । तर, केन्द्रबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएसँगै संसदीय दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गरेको हो ।
यस्तै एकीकृत समाजवादीले पनि केन्द्रको आठदलीय गठबन्धनअनुसार नै मत दिने निर्णय गरेको दलका नेता दीर्घ बहादुर सोडारीले जानकारी दिए । यिी दुई दलले मत दिने भएसँगै शाहले विश्वासको मत पाउने निश्चित जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?