माओवादी विसर्जन र पतनको बाटोमा लागेको छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा देखिएको उग्रवामपन्थी अतिवाद दक्षिणपन्थ हुँदै विसर्जनको बाटोमा लागेको आरोप लगाएका छन् । २४ औं यदु गौतम स्मृति दिवसका अवसरमा आइतवार काठमाडौमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले माओवादीले गरेको जनयुद्धको उदेश्य एकातिर र उसले लिएको बाटो अर्कोतिर भएको भन्दै माओवादी दक्षिणपन्थी अतिवाद हुँदै विसर्जन र पतनको बाटोमा लागेको बताएका हुन् ।
‘माओवादी कांग्रेसलाई बलियो र एमालेलाई कमजोर बनाउने काममा लाग्यो हिजोको चुनावमा । यदु गौतमको हत्या उग्रवामपन्थी अतिवादको नमुना हो । माओवादीभित्रको यो उग्रवामपन्थी अतिवाद दक्षिपन्थी विर्सजर्नवाद र आत्मसपर्णबादमा विर्सन हुन्छ’, महासचिव पोखरेलले भने, ‘आज माओवादीलाई हेर्ने हो भने दक्षिणपन्थी अवसरवादको चरम नमुनाका रुपमा पतनमुखी यात्राका रुपमा अघि बढिरहेको छ ।’
उनले सत्तामा रहेका दलहरुको कार्यशैली र व्यवहारका कारण मुलुक संकटतर्फ धकेलिएकाले परिवर्तन पक्षधर शक्तिहरु धुर्वीकृत हुन जरुरी रहेको पनि बताए । महासचिव पोखरेलले सत्ता गठबन्धनलाई मंसिरको निर्वाचनमा अस्वीकार गरेकाले नै प्रचण्डलाई एमालेको सहयोगमा प्रधानमन्त्री बनाएर आर्थिक सुधारका काम सुरु भएपनि प्रधानमन्त्री प्रचण्ड देशहितको कदम बोक्न नसकेर असफल भइसकेको गठबन्धन ब्युँताउन लागेको बताए ।
उनले एमाले नेतृत्वको समीकरण बाह्य शक्तिलाई मन नपरेकै कारण प्रधानमन्त्री प्रचण्ड समिकरण बदल्न पुगेको बताए । उनले नेकपा एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको आकांक्षलाई आत्मसात गर्दै अघि बढेको भन्दै आगामी दिनमा एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा अघि बढाउने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासंगै आएको बाढीले क्षति
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)