ओडारमा राखिएको दुई थान भरुवा बन्दुक बरामद
आइतबार, २१ फागुन २०७९, १२ : ३७

रुकुम । रुकुम(पूर्व) मा ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । सिस्ने गाउँपालिका-६ रानिकोट जंगलको ओडारमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक २ थान शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।