एसियन कप छनोट खेल्ने यू–२० महिला टोलीको बिदाइ

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छन् ।
नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
नेपाली टोलीः
गोलकिपरः कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा