अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा सह–यात्रीमाथि विद्यार्थीले फेरिदिए पिसाब

न्युयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकी विमानमा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार यो विमान शनिवार राति दिल्ली पुगेको छ ।
पिटिआईको विमानस्थलसँग जोडिएको एक स्रोतले भन्यो, ‘अभियुक्त अमेरिकी युनिभर्सिटीमा पढ्छन् । ती विद्यार्थी नशामा थिए र सुतिरहेका बेलामा उनले पिसाब फेरिदिएका हुन् । यो पिसाब अर्को यात्रीलाई पर्यो । यसबारे क्रु सदस्यलाई जानकारी दिइयो । ’
एयरलाइन्सले यो घटनालाई गम्भीरताका साथ लिएको छ र विमानस्थलमा ल्यान्ड भएपछि एयर ट्राफिक कन्ट्रोलसँग यसबारे उजुरी दिइएको छ ।
विमान अवतरण भएपछि सिआईएसएफले अभियुक्तलाई समातेर प्रहरीलाई सुम्पिएको छ । प्रहरीले दुवै सम्बन्धित व्यक्तिको बयान लिएको छ र अनुसन्धान जारी छ ।
Passenger allegedly urinates on another passenger mid-flight on American Airlines Del-JFK flight
— ANI (@ANI) March 5, 2023
Got complaint about a passenger urinating on another from American Airlines.Accused identified-Arya Vohra, a student in US. Legal action being taken: DCP IGI airport
समाचार एजेन्सी एएनआईका अनुसार आइजीआई विमानस्थलका डिसिपीले भने, ‘अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको कुरा आएको छ । अभियुक्तको पहिचान गरिएको छ र कानुनी कारबाही अघि बढाइएको छ ।’
डिजिसिएका एक अधिकारीले एएनआईलाई भने, ‘हामीलाई यो घटनाबारे थाहा भयो । एयरलाइन्सले यो घटनालाई निकै व्यावसायिक ढङ्गले डिल गरेको छ र आवश्यक कदम उठाएको छ ।’
केही महिना अघि पनि विमानमा सह–यात्रीमाथि रक्सी पिएर पिसाब फेरेको घटना सार्वजनिक भएको थियो । यसको सोसल मिडियामा अत्यधिक चर्चा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो