अराजक र एकलौटी तवरले संगठन चलाउन दिँदैनौं : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अराजक र एकलौटी तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने बताएका छन्। आइतबार नेपाल विद्यार्थी संघ संस्थापन पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले उक्त कुरा बताएका हुन्।
स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका रिमालको स्वास्थ्य लाभको कामना गर्दै कोइरालाले भने, ‘आफ्नै संगठन भित्र मारपिट हुनु दुःखद कुरा हो। संगठनभित्र अराजकता बढ्यो। मारपिटका दोषी जो भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ। गुण्डागर्दी गर्ने छुट कसैलाई छैन। पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ।’
कोइरालाले आफू निकट विद्यार्थी नेताहरुलाई रत्तिभर पनि निराश नहुन र उच्च मनोबलका साथ स्ववियुको तयारीमा लाग्न निर्देशन दिए। उनले भने, ‘पार्टीमा सिरियस कुरा हुन्छ, अराजकता र एकलौटी तवरले संगठनलाई चलाउन दिइँदैन।’ नेविसंघका दुई समूहबीच झडप हुँदै पूर्व कोषाध्यक्ष रिमाल र नेविसंघका नेता हरि आचार्य घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान