विपक्षी दलका नेताहरूले लेखे भारतीय प्रधानमन्त्रीलाई पत्र
![विपक्षी दलका नेताहरूले लेखे भारतीय प्रधानमन्त्रीलाई पत्र](https://npcdn.ratopati.com/media/news/narendra-modi_KHMeSFt071.jpg)
नयाँ दिल्ली । भारतका विपक्षी दलका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । दिल्लीका उपमुख्यमन्त्री रहेका मनीष सिसोदियाको गिरफ्तारीको विरोधमा उनीहरूले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । हालै सीबीआईले सिसोदियालाई पक्राउ गरेको थियो ।
पत्रमा नेताहरूले केन्द्रीय एजेन्सीहरूलाई गलत प्रयोग गरेको आरोप लगाएका छन् । पत्र लेख्ने नेताहरूमा केसी राव, ममता बनर्जी, अरविन्द केजरीवाल, भगवं मान, तेजस्वी यादव, फारुख अब्दुल्ला, शरद पवार, उद्धव ठाकरे र अखिलेश यादव पनि सामेल छन् ।
‘केन्द्रीय एजेन्सी र संवैधानिक पदमा रहेका व्यक्तिहरूलाई आफ्नो हितमा प्रयोग गर्नु निन्दनीय छ,’ पत्रमा भनिएको छ, ‘केन्द्रीय एजेन्सीहरूलाई विपक्षी दलका नेताहरूलाई प्रयोग गर्नुले हामी लोकतन्त्रबाट तानाशाहीतर्फ अघि बढिरहेको महसुस हुन्छ ।’ पत्रमा २०१४ पछि विपक्षी नेताहरूमाथि मुद्दा मामिला र पक्राउ गर्ने बढेको बताउँदै लालू यादव, सञ्जय राउत, आजम खान, नवाब मलिक, अनिल देखमुखजस्ता नेताहरूलाई निशाना बनाइएको दाबी गरिएको छ ।
पत्रमा कांग्रेस नेताहरूले भने हस्ताक्षर गरेका छैनन् । हालै मात्र राहुल गान्धीसहित कांग्रेसका कयौँ नेताले २०२४ को चुनावमा विपक्षी एकताको कुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते