शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

मुटुको शल्यक्रियापछि सुष्मिता सेनले दिइन् स्वास्थ्यबारे जानकारी : भनिन्, ‘९५ प्रतिशत ब्लकेज थियो’

आइतबार, २१ फागुन २०७९, ११ : १४
आइतबार, २१ फागुन २०७९

बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन् । 

सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर पनि कुराकानी गरेकी छिन् । 

उनले भनिन्, ‘म निकै ठुलो हृदयाघातबाट बाँचेकी छु । निकै ठुलो हृदयाघात भएको थियो । मुख्य धमनीमा ९५ प्रतिशत ब्लकेज थियो । यो मेरो जीवनको एक चरण थियो र यो सिद्धियो । मेरो मनमा अब कुनै कुराको डर छैन ।’ यसका साथै सुष्मिता सेनले नानावती अस्पतालका डाक्टरलाई धन्यवाद दिएकी छिन् ।

उनले थपिन्, ‘म अब कुनै पनि कुरालाई भिन्न तरिकाले हेर्न सकिरहेको छु । मेरो मनमा कुनै पनि खालको डर छैन । म सोच्छु कि मैले आफूसँग नै बाचा गर्नुपर्छ र केही कुरालाई एक कदम अघि बढेर हेर्नु पर्छ । ’

आफूलाई फूल पठाउनेहरूका लागि सुष्मिता सेनले भनिन्, ‘जति मानिसहरूले मलाई फूल पठाउनुभएको छ, त्यसले मेरो घर भरिएको छ र अब त्यो ‘गार्डन अफ इडन’ जस्तो लागिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप