राहुल गान्धीले भने, ‘विदेशमा कहिल्यै देशको अपमान गरेको छैन’
भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीले आफूले कहिल्यै देशको अपमान नगरेको बताएका छन् । राहुल गान्धीले विदेशमा गएर भारतको बदनाम गरिरहेका छन् भनेर भाजपाले आलोचना गरिरहेको छ ।
क्याम्ब्रिज युनिभर्सिटीमा दिएको लेक्चरका लागि भाजपाले राहुल गान्धीले भनेको कुरामाथि असन्तुष्टि व्यक्त गरेकाे छ । अब राहुल गान्धीले पनि लन्डनमा इन्टरनेशनल जर्नलिस्ट असोसिएसनको एक कार्यक्रममा यसबारे आफ्नो प्रतिक्रिया जनाएको छ ।
राहुल गान्धीले इन्डिया टुडेले सोधेको प्रश्नको जवाफमा भनेका छन्, ‘प्रधानमन्त्री र सरकारमाथि जसले प्रश्न उठाए पनि उसमाथि हमला हुन्छ ।’
राहुल गान्धीले भने, ‘मलाई याद छ, अन्तिम पटक जब प्रधानमन्त्री मोदी विदेश भ्रमणमा गएका थिए उनले स्वतन्त्रताको ७० वर्षपछि पनि भारतमा केही नभएको बताएका थिए । उनले भारतमा भ्रष्टाचार भएको बताए । यो सबै कुरा उनले विदेशमा नै भने ।’
उनले थपे, ‘मैले कहिल्यै आफ्नो देशको अपमान गरेको छैन । म यस्तो कहिल्यै गर्ने छैन । जब उनले ७० वर्षमा केही भएको छैन भनेका थिए, के यो हरेक भारतीयको अपमान होइन र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी