आर्सनलमाथि सिटीको दबाब कायम
शनिबार, २० फागुन २०७९, २० : ५८
म्यानचेस्टर । न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । शनिबार साँझ भएको खेलमा सिटी २–० गोलले पराजित गरेको छ ।
खेलको १५ औँ मिनेटमा फिल फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६७ औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । जीतसँगै सिटी आर्सनलभन्दा मात्र दुई अंकले पछि रहेको छ ।
२६ खेलबाट सिटीको ५८ अंक रहेको छ । उता हारपछि न्युक्यासल ४१ अंकसहित पाँचौ स्थानमा सीमित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन