अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान
वासिङ्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरिएको छ। संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रष्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२१ जनवरी १ देखि सन् २०२२ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको पुस्तकहरू ४ प्रति मार्च ३१, २०२३ सम्ममा प्राप्त भइसक्नुपर्नेछ । यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले जनाएका छन् ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाका अनुसार मार्च १०-१२ मा हुने बोस्टन सम्मेलनमा पनि पुस्तक बुझाउने व्यवस्था मिलाइएको छ ।
उपर्युक्त आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२३ जुलाई महिनामा आयोजना हुने भानु जयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने पनि जनाइएको छ । आधार पूरा भएका कृतिहरू तोकिएको समयमा पठाउन सम्पूर्ण लेखकहरूलाई अनुरोध गरिएको छ । पुस्तकहरू पठाउन सहयोग गर्न सम्बन्धित च्याप्टर, आजीवन तथा ट्रष्टीहरूलाई अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
-
पुसमा म्याद सकिने ग्वार्को फ्लाई ओभरको ‘ड्रोनभ्यू’
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद