क्षेत्रीहरू पनि आदिवासी हुन् : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् । उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे ।
शनिबार काठमाडौँको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने बताए । उनले भने, ‘क्षेत्रीहरू आदिवासी हुन कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरू हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरू पनि आदिवासी हुन् भन्ने कुरा चाहिँ सही हो । यसका लागि आन्दोलन पनि उठेको थियो । र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो । त्यसमा हाम्रो अध्ययन पुग्नु पर्छ । गहिरिएर जानु पर्छ । आदिवासीहरु एकताबद्ध हुनु पर्छ जस्तो लाग्छ । त्यसो गर्दा आदिवासीहरूको बीचमा जो विभाजन आउँछ । अथवा बुझाइमा जो फरक पर्न जान्छ । त्यसले हाम्रो एकतालाई टुटाउने गर्छ । त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरू गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समुदायलाई एकताबद्ध गर्न सक्नु पर्दछ । मेरो अध्ययनले क्षेत्रीहरू आदिवासी नै हुन भनेर महसुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन । हाम्रा कतिपय मुद्दाहरू संविधान सम्बोधन हुने क्रममा छन् । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरू गर्ने नै छौँ ।’
उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे । उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म