कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला

कञ्चनपुर । बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । “मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ”, उनले भने, “यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।” यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ ।
सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ । स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
सर्प विज्ञहरुका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ । यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ । यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
-
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
-
तोकिएको समयमा टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
-
सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु
-
पत्रकारलाई थुन्ने कानुन अस्वीकार्य : युनियन अध्यक्ष लम्साल