शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट

शनिबार, २० फागुन २०७९, १३ : ०३
शनिबार, २० फागुन २०७९

नयाँदिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ ।  रुस–युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी  भएको बताइएको छ । 
भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी(२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा  सामान्य कुराकानी भएको बताइएको छ । 

‘लाभरोभले जी–२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गर्नुभएको हो ।  यद्यपि  त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन’ द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ । 

तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप