पशुपतिमा ७ दिनको ठेक्का, १८ दिनसम्म मेला
काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रीको अवसर पारेर ७ दिनसम्म मेला चल्न ठेक्का दिएपनि १८ दिनसम्म चलेको पाइएको छ । धार्मिक आस्था बोकेको पशुपतिमा ठेकेदार र पशुपति विकास कोषका कर्मचारीको निहीत स्वार्थमा व्यापारको अखडा बनाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार छानविनपछि छानविन समिति बनाएको छ ।
कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएको भन्दै मन्त्री सुदन किरातीको निर्देशनमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसी संयकत्वमा गठीत छानविन समितिले ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन बुझाउन भनिएको छ। तीन सदस्यीय समतिका सदस्यमा केसीसँगै मन्त्रालयका उपसचिव अर्जुन राई र शाखा अधिकृत जयन्ती श्रेष्ठ छन् ।
मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार मेलाको ठेक्का अवधि कति दिन हो ? कस्लाई ठेक्का दिईएको हो ? किन समयावधिभन्दा धेरै दिन मेला चल्न दिइएको हो ? कोषका कर्मचारीको मिलेमतो छ वा छैन भन्नेबारे विस्तृत छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास