लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना पक्राउ
काठमाडौँ । काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो ।
बा २ ख १२४४ नम्बरको हाइसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हाइसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हाइसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हाइसका चालक बाराका ३८ वर्षीय राम प्रसाद आचार्य, ग १ ख २८१९ नम्बरको हाइसका चालक कास्कीका २६ वर्षीय नविन बिक, प्रदेश २-०३-००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्याम कुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय बिक्रम दमाई र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरेलाई नियन्त्रणमा प्रहरीले लिएको हो ।
लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडी बढाइएको छ । आउँदै गरेको होलीको दिन पनि व्यापक रूपमा लापसे र मापसे चेकिङ गरिने प्रवक्ता भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस