संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना
_63kkmJiMDy.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ । प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखिएको छ । अगामी जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो हप्तापछि नै बस्ने गरी बर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ । संसद्को हिउँदे अधिवेशन चैत महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्दा संसद्को अधिवेशन संसदीय गतिविधिविनै सकिने सम्भावना देखिएको हो ।
गत पुस २५ देखि अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नियमावली नबनेसम्म प्रतिनिधिसभाले गति लिन नसक्ने भएका कारण संसद् प्रभावहीन हुन थालेको संसद्का एक अधिकारीले बताए । प्रतिनिधिसभा नियमावली नबन्दा संसदीय समिति गठन हुन सकेका छैनन् भने कार्यव्यवस्था परामर्श समितिको पनि गठन हुन सकेको छैन । 'प्रधानमन्त्री र मन्त्रीसँग संसद्मा हुने प्रश्नोत्तर पनि नयाँ नियमावलीबमोजिम गर्ने भनिए पनि नियमावली हुँदा सबै काम रोकिएको हो', ती अधिकारीले भने । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
-
कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?
-
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म