प्रदेश प्रहरी नहुँदा जहाज दुर्घटनामा निरिह बनेँ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रहरी नहुँदा जहान दुर्घटनामा निरिह बन्नुपरेको बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले प्रदेश प्रहरी नहुँदा आपत विपत पर्दा प्रहरी परिचालन गर्न नसकेको सुनाए ।
‘जहाज दुर्घटना भयो । १५ मिनटेमा घटनास्थलमा म पुगें । त्यहाँ गएर पुलिस चलाउन पाइनँ, त्यहाँ रेस्क्यु छिटो गर्ने कुरा केही गर्न सकिनँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘दुर्घटनामा दौरा सुरुवाल लगाएर पुगें, नमस्कार गर्दै बाटो छाड्नुस् भन्ने बाहेक केही गर्न सकिनँ न उद्धार गर्ने अधिकार प्रदेश सरकारलाई छ ।’
अधिकारीले यस्ता दुर्घटनामा प्रदेश सरकार निरिह बन्नुपरेको अवस्था सुनाए । अधिकारीले भने, ‘संघीयता भनेको सबैले बुझ्ने प्रदेश संरचना हो । स्थानीय सरकारमा गाविस, गाउँपञ्चायत थिए नै । यसरी आश्रित भएर बस्नुपर्ने संघीयता किन चाहियो ?’
प्रदेश सरकारसँग आफ्नो राजश्वको स्रोत पनि नभएको अधिकारी बताउँछन् । उनले प्रदेश सरकारसँग आफ्नै जग्गामा भवन पनि नभएको सुनाए । उनले छिट्टै मुख्यमन्त्रीहरुको सम्मेलन गर्ने तयारी भैरहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु