एनएमबी बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति
शुक्रबार, १९ फागुन २०७९, १७ : ५६

काठमाडौँ । एनएमबी बैंकले ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो ।
बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागेको थियो । बोर्डमार्फत अनुमति पाएसँगै बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणहरूमा बिक्री गर्ने छ । २ अर्ब ४० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ । एनएमबी ऋणपत्रको मूल्य प्रति कित्ता एक हजार रुपैयाँ तोकिएको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने
-
निर्वाचित हुँदैमा जनप्रतिनिधि विधि र नियमभन्दा माथि हुँदैन: उपप्रधानमन्त्री सिंह
-
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी
-
नेपाली निर्माता जोशीको अङ्ग्रेजी फिल्म बेलायतका सिनेमा हलमा
-
रविले भने, ‘म बाेल्ने समय नजिक आउँदैछ’ (भिडियोसहित)
-
मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको लगातार तेस्रो जित