दुर्गा प्रसाईको कार्यक्रम सफल पार्न कमल थापाले गरे आग्रह
शुक्रबार, १९ फागुन २०७९, १७ : २६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाडौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले सो आग्रह गरेका हुन् ।
थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ । फागुन २० गते काठमाडौँको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’
मेडिकल व्यवसायी समेत रहेका प्रसाईले शनिवार काठमाडौंमा कार्यक्रम गर्ने तयारी गरेका छन् । सो कार्यक्रमको थापाले खुलेर समर्थन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री