शंखरापुर नगरपालिकाले लगानी सम्मेलन गर्ने, पूर्व तयारी सुरु
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले समग्र विकास तथा आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको पूर्व तयारी थालेको छ । नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, पर्यटकीय, कृषि लगायत विभिन्न पक्षको विकासका लागि आगामी दिनमा लगानी सम्मेलन गर्ने योजना स्वरुपसर्वपक्षीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । नगरपालिकाले गरेको कार्यक्रममा लगानी सम्मेलनको पूर्व तयारी र विगतको ५ बर्षमा स्थानीय तहहरुले गरेका अशल अभ्यासका बारेमा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले प्रस्तुतिकरण गरेका छन् ।
शंखरापुर नगरपालिकामा भौगोलिक, सामाजिक, कृषि, पर्यटकीय पक्ष, धार्मिक सांस्कृतिक पक्षहरुमा के–के गर्न सकिन्छ भनेर अध्ययनका लागि लगानी सम्मेलनको पूर्व तयारी स्वरुप अन्र्तक्रिया कार्यक्रम गरिएको नगरप्रमुख रमेश नापितले बताएका छन् । सो अवसरमा उनले भने– ‘शंखरापुरबासीलाई आर्थिक रुपमा सक्षम बनाउन यहाँ के–के सम्भाव्यता हुनसक्छ भनेर छलफल गर्न, सम्भावनाको खोजी गर्न, कुन कुन क्षेत्रमा कसरी लगानी भित्राउन सकिन्छ, कृषि, पशुपालन, पर्यटनका क्षेत्रमा के के गर्न सकिन्छ भन्ने उदेश्यले छलफललाई अघि बढाएका छौँ । पहिलो चरणमा छलफल, अध्ययन तथा सल्लाह सुझाव लिएर लगानी सम्मेलन गर्ने तयारीमा छौँ ।’
शंखरापुर नगरपालिकालाई आर्थिक हिसावले कसरी समृद्ध बनाउन सकिन्छ, कसरी रोजगारीका सम्भावनाहरुको ढोका खोल्न सकिन्छ ? आर्थिक प्रगतिका सम्भावना र स्रोतहरु के–के छन् त्यसको खोजी गर्ने हिसावले लगानी सम्मेलनबारे अन्तरक्रिया कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिए ।
उनले लगानीको उपयुक्त वातावरण र नीतिहरु तर्जुमा गरेर स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको जानकारी गराउँदै सुरुवाती चरणमा पूर्व तयारी स्वरुप अन्र्तक्रिया गर्दै जाने र आगामी ६ महिनादेखि १ वर्षभित्रमा लगानी सम्मेलन गर्न सके नगरपालिकाको आर्थिक सामाजिक विकासमा कोशेढुङ्गा सावित हुने उल्लेख गरे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले केही वर्षअघि गरेको लगानी सम्मेलनबाट लगानी भित्राएर थुप्रै परियोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ता आएर काम गरेको उनले बताए । कार्यक्रममा पूर्व अर्थसचिव कृष्णहरि वास्कोटाले पहिलो सत्रमा वितेको ५ बर्षमा स्थानीय तहले गरेका असल अभ्यासका उदाहारणहरु प्रस्तुत गरेका छन् भने दोश्रो सत्रमा लगानी सम्मेलन भनेको के हो, त्यसका लागि नगरपालिकामा कसको भूमिका के हुन्छ, त्यसको तयारी कसरी गर्ने, सरोकारवालाहरुको भूमिकालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा प्रस्तुतीकरण राखेका छन् ।
पूर्वसचिव वास्कोटाले ५ बर्षको अवधिमा विभिन्न स्थानीय तहहरुले थालेको असल अभ्यासहरु मध्ये सो नगरपालिकामा पनि लागू गर्न सकिने विषयहरु, लगानी सम्मेलनका लागि नगरपालिकाले गर्नुपर्ने आधारभूत कामहरु र लगानी सम्मेलनपछिको संभाव्यताहरु लगायतका बारेमा आफ्नो प्रस्तुतीकरण गरेका छन् ।
नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले शंखरापुरमा कृषि, पर्यटन, पशुपालन, बन पैदावारको क्षेत्रमा प्रचुर सम्भावना भएपनि त्यसबाट फाइदा उठाउन नसकेको सन्र्दभमा आर्थिक समृद्धि हासिल गर्न, रोजगारीको क्षेत्र खोज्न, लगानीका क्षेत्रहरु खोजेर स्वदेशी तथा विदेशी लगानी भित्राउनका लागि लगानी सम्मेलनको पूर्व तयारीको क्रममा रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटसँगै सुन किन्नेको भीड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा