सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न...’

बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।
उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो बेड रुममा आउनुहोस् ।’
यो सुन्ने बित्तिकै मिडियाकर्मीले उनलाई सरी पनि भन्छन् । त्यसपछि यो जोडी घर भित्र जान्छन् र सैफले ढोका बन्द गर्छन् ।
भिडियो हेरेपछि प्रयोगकर्ता रिसाए
यो भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । कमेन्ट गर्ने क्रममा एक प्रयोगकर्ताले लेखे, ‘फाल्तुको एटिट्युड’ । यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘यिनीहरूको पछाडि भाग्न किन पर्यो ।’
मलाइका अरोडाको पार्टीमा गएका थिए सैफ–करिना
स्मरण रहोस्, बलिउड अभिनेत्री तथा करिनाकी निकै मिल्ने साथी मलाइका अरोडाले बिहीबार राती आफ्नी आमाको जन्मदिन मनाए । यो मौकामा नायिकाले जन्मदिनको पार्टी आयोजना गरे जसमा करिना, सैफसमेत थुप्रै बलिउड सेलिब्रिटी पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान